इटहरी : सर्वोच्च अदालतले साविक नेकपा एमाले ब्यूँताएपछि सुनसरीको इटहरीमा पार्टी कार्यालयको बोर्ड परिवर्तन भएको छ ।
हिजो सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई खारेज गरेको थियो । साथै सर्वोच्चले एकीकरण अघिकै साविक एमाले र माओवादी केन्द्र कायम हुने फैसला गरेको थियो ।
यो फैसला पछि सबैभन्दा बढी साविक नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता, कार्यकर्ताहरु खुशी भएका छन् ।
यसैबीच आज इटहरीको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड राखिएको हो ।














Discussion about this post