ताप्लेजुङ : ताप्लेजुङमा नेकपा (एमाले) का दुईवटा पार्टी कार्यालय रहेको छ ।
एमालेले यसअघि आफ्नो मातहतका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय रहेकै ठाउँमा एमालेको बोर्ड राखेको छ ।
पार्टी विलीन हुनुअघि दाहाह-नेपालले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को समूहले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ ।
२ वटा पार्टी एक हुनुअघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो । माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसँग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो ।
प्रदेश सांसद समेत रहेका नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहैकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए ।












Discussion about this post