इटहरी : लागूऔषधसहित इटहरीका एक युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बाट सुनसरी इटहरी ६ का २० बर्षीय सुशीत बिश्वकर्मालाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट DIALEX DC-2 बोतल, NITRAVET-150 चक्की सहित पक्राउ गरिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका -११ मेन चौक नजिकबाट सोही स्थानका ३२ वर्षीय प्रशान्त कार्कीलाई लागोऔषध ब्राउनसुगर ५१० मिलि ग्राम र १४ हजार नगदसहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post