Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०७७
in टाकुरा विशेष, समाचार
0
शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै

शुक्रबार आन्दोलनमा उत्रिएका विद्यार्थीहरु । तस्वीर सौजन्य : मिलन बिछोड ।

459
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना महामारीका कारण लकडाउनको समयमा शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज सञ्चालकहरुले विद्यार्थीलाई भने धम्क्याएर शुल्क लिने गरेको खुलेको छ ।

एक हप्ता अगाडिदेखि लकडाउनको शुल्क लिन नहुने भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई कलेज सञ्चालकहरुले पटक–पटक धम्की दिएर शुल्क लिन दबाब दिदैैँ आएको छ । शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने भन्दै विद्यार्थीसँग शुल्क मागेपनि शिक्षकलाई लकडाउनको हालसम्म तलव नदिएको स्वयम् शिक्षकहरुले बताउँदै आएका छन् ।

कलेजले शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने भन्दै विद्यार्थीबाट एक वर्षकै शुल्क उठाउन बाध्य भएको निजी कलेज सञ्चालकहरुले जिकिर आएका छन् । यद्यपि, कलेजले भने लकडाउनको समयको भने शिक्षक र कर्मचारीलाई तलव नदिएको स्वयम् शिक्षकहरुले बताउँदै आएका छन् । उनीहरुले खुलेर नबताएपनि नाम नखुलाउने शर्तमा हालसम्म कोरोनाकालको तलव नपाएको र अहिले विद्यार्थीसँग आँफूखुशी शुल्क असुल्ने गरेको बताउँदै आएका छन् ।

शुक्रबार यहाँका विश्वआदर्श, कस्तुरी, कोशी, शुष्मा, लगायतका कलेजमा अध्ययन गर्ने सयौँ विद्यार्थीहरुले इटहरीको मुख्य चौक, उपमहानगरपालिका परिसरमा आन्दोलन गरेर सडकमा चक्काजाम समेत गरेका थिए । बिहीबार इटहरी उपमहानगरपालिका, हिसान सुनसरी र कलेज प्रशासनबीच दा्रेसो चरणको बैठक बसिएको भएपनि कुनै निर्णय नआएपछि आफूहरु पुनः आन्दोलनमा उत्रिएको विश्व आदर्श कलेजका विद्यार्थी नीमा तामाङले बताए ।

इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने बिहीबारको बैठकमा उपमहानगरपालिकाले असोज महिना यताको मात्रै शुल्क लिन भनेको थियो । तर, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले भने १२ महिनाको नै शुल्क लिनुपर्ने भन्दै बैठकबाटै उठेर हिनेका थिए । शिक्षा शाखा प्रमुख सुवेदीले निर्णय सुनाउने बित्तिकै हिसान सुनसरीका अध्यक्ष घिमिरे र शुष्मा कलेजका सञ्चालक बोधराज नेपाल बैठकबाटै बाहिरिएका थिए ।

शुल्कको विषय राष्ट्रिय मुद्दा भएकोले आफूहरूले शुल्क नघटाउने र कोर्ष सकेको रकम लिएको भन्दै निजी कलेज सञ्चालकहरुले जिकिर गर्दै आएका छन् । आफूहरुको माग सम्बोधन नभएपछि शुक्रबार विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका घेराउ समेत गरेका थिए । मानवीय यातना दिएर विद्यार्थीसँग शुल्क उठाइरहेको विद्यार्थीहरुको आरोप छ ।

सहमति जुट्न नसकेपछि विद्यार्थीहरुले शुक्रबार नै विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीले शुष्मा कलेजको गेट नै भत्काइदिएका थिए । इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी यसरी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको मागलाई विद्यार्थी संगठनले पनि साथ दिएका छन् ।

निजी कलेजका विद्यार्थीहरुको आन्दोलनलाई एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ र माओबादी निकट अखिल क्रान्तिकारीले विज्ञप्तीमार्फत समर्थन जनाएका छन् । हिसान सुनसरीले भने गत आइतबार आन्दोलनको कुनै औचित्य नभएको र कुतर्कको पछि नलाग्न भन्दै विद्यार्थीको आन्दोलनलाई कुतर्कको संज्ञा दिएको थियो ।

 

Tags: #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेको...

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.