जिल्ला प्रहरी कार्यालय धनकुटाले अबैध रुपमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको गाँजा नष्ट गरेको छ ।
धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं. १ चोच्चे भञ्ज्याङबाट बेवारिसे अवस्थामा बरामद गरिएको ४ सय १० केजी गाँजा नष्ट गरेको हो ।
प्रहरीले गत माघ १५ गते सहिदभूमी गाउँपालिका वडा नं. १ चोच्चेस्थित धरापडाँडाको जंगलबाट ३ सय केजी र गत माघ २५ देखि २९ गतेसम्म सहिदभूमी गाउँपालिका वडा नं. १ कै भञ्ज्याङको जंगलबाट १ सय १० केजी गाँजा काटेर सढाएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
बरामद गरिएको गाँजो जिल्ला प्रहरी कार्यालय परिसरमा जलाएर नष्ट गरिएको हो ।
यसअघि प्रहरीले लागूऔषध नियन्त्रण सम्बन्धी विशेष अभियान अन्तर्गत धनकुटाको विभिन्न गाउँपालिका र नगरपालिकामा व्यवसायिक रुपमा रोपिएको गाँजा नष्ट गरेको थियो ।













Discussion about this post