खोटाङ : महिलाको कोठामा प्रवेश गरेको भन्दै खोटाङमा एक युवाको हत्या भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३४ वर्षीय अजित राईको मृत्यु भएको हो । महिलाको कोठामा प्रवेश गरेको भन्दै कुटपिट हुँदा राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीयवासी पाँचजनालाई नियन्त्रणमा लिएको छ।
यही चैत २ गते राती स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
राती घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।













Discussion about this post