इटहरी : नेपाल तरुण दल सुनसरीले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
नेपाल तरुण दल सुनसरीको आज (बुधबार) बसेको बैठकले नेपाली कांग्रेसको संगठन थप बलियो बनाउने उद्देश्यले समिति विस्तार गरिएको हो ।
तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङका अनुसार जिल्लाका तरुण दलका क्षेत्रीय तथा नगर समितिका अध्यक्ष तथा प्रतिनिधि सहितको बैठकले नेपाली कांग्रेस र तरुण दलका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय जुझारु युवाहरुलाई समेटेर समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको हो ।
संगठनमा सक्रिय युवाहरुलाई जिल्ला सदस्यको जिम्मेवारी तोकिएको उनले बताए ।
सदस्यहरुमा ज्योतिष चौधरी, दीपक पुरी, शिवकुमार यादव, सन्तोष पोखरेल, बिमलकुमार यादव, पर्वत दाहाल, मुरारी पोखरेल, सरोज कार्की, ओम खड्का, बिनोद तामाङ, अर्जुन कोइराला, सरोज गुरागाई, खेमराज थापा, विद्यानन्द मेहता, अनिल यादव, मनिष कुमार साह, चिन्तामणि सापकोटा, बलराम मेहता, खगेन्द्र कार्की, नगेन्द्र यादव, दुर्गा बहादुर चौहान, सन्दीप अधिकारी, अजित राई, प्रमोद चौधरी, करण तामाङ, चन्द्र लिम्बू, प्रकाश राई, निकेश खतिवडा, उर्मिला देवी ऋषिदेव, बीरेन्द्र मेहता, सुजित राना मगर, दीपा वाग्ले, राजु थापा, सन्त लिम्बू, आरिफ लिम्बू, सगिर आलम, हसबुल साफि, इजराइल खान, मोति यादब, सन्तोष भगतराज श्रेष्ठ, राज राई र राज श्रेष्ठ रहेका छन् ।












Discussion about this post