धनकुटा : धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ विद्यार्थी संक्रमित भएका छन् ।
आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् ।
इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादका अनुसार ४० जना अध्ययनरत विद्यार्थीमध्ये १३ जनामा संक्रमण देखिएको हो ।
‘उच्च सावधानी कायम गरिएको थियो,’ उनले भने, ‘अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’













Discussion about this post