इटहरी : नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालका २२ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
पछिल्लो दिनमा तीब्र रुपमा कोरोना भाइरस सङ्क्रमण फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रवार सुनसरी, मोरङ र झापा लगायत २२ वटा जिल्लालाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि मार्गबाट देश विदेश जाने आउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरू पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।
सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरू समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको स्थितिमा संवेदनशील बन्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सुनसरी, मोरङ, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रूपमा राखेको छ ।















Discussion about this post