ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका भित्र सोमबार साँझ ६ बजेबाट ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सदरमुकाम फुङलिङमा तिब्र गतिमा कोरोना संक्रमित बढ्दै गएका र मृत्युसमेत हुन थालेपछि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ उमेश पाण्डेले जानकारी दिएका छन् । 
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका काममा बाहेक घरबाट बाहिर निस्कन पाईने छैन ।
१० बर्ष भन्दा कम उमेरका र ६० बर्ष भन्दा माथिको उमेर समूहका कुनै पनि व्यक्ति निषेधाज्ञा अवधिभर घर बाहिर निस्कन नपाउने बताईएको छ । 
यस्तै अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने, सरकारी कार्यालय, बैङ्क तथा वित्तिय संस्था, विमा एवम राष्ट्र बैङ्बाट स्विकृत प्राप्त सहकारी संस्थाले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नुपर्ने आदेशमा उल्लेख छ । हाल जिल्लामा २० जना सक्रिय संक्रमित रहेका छन् ।














Discussion about this post