इटहरी : दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै तरुण दल सुनसरी स्वास्थ्य सामाग्री बोकेर गाउँ गाउँ पुगेको छ । सुनसरीको धेरैजसो पालिका पुगेर तरुण दलले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङका अनुसार कोरोना कहरमा सबै एक हुनुको विकल्प नरहेकाले स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कोरोनाका कारण सर्वसाधरणहरुको जनजिवन प्रभावित भइरहेको भन्दै मास्क र सेनिटाइजर वितरणको अभियान सुरु गरेको उनले बताए ।
महामारीमा राजनीतिक स्वार्थको लागि मात्र काम गर्न नहुने भन्दै यो अभियान सबैको लागि गरेको उनको भनाइ छ ।
पछिल्लो समय तरुण दल सुनसरी सामाजिक काममा सक्रिय हुँदै आएको छ ।












Discussion about this post