झापा : कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि वैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
यसअघि वैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण पसलहरु बिहान ११ सम्म खोल्न पाउनुका साथै निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिइएको थियो ।
तर, अब खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, निर्माण सामाग्री पसल लगायत अत्यावश्यक पसल मात्र विहान ६ देखि १० बजेसम्म संचालन गर्न पाइनेछ ।
त्यस्तै अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन संचालनमा रोक लगाइएको छ ।














Discussion about this post