मोरङ : छुरा प्रहार गरेर मोरङको लेटाङमा शुक्रबार राति एक युवाको हत्या गरिएको छ ।
दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८:४५ बजेको समयमा उनीमाथि छुरा हानेका हुन् ।
लेटाङकै त्रिसूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गरेको जानकारी डीएसपी राईले दिए ।
पेटमा छुरा प्रहार गरिएपछि राई गम्भीर घाइते बनेका थिए । उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post