इटहरी : इटहरीको बेदान्त हस्पिटलले कोरोना संक्रमितको घरमा घरमा गएर स्वास्थ परामर्श दिन थालेको छ ।
युवासंघ इटहरी ५ वडा कमिटिको समन्वयमा हस्पिटलले संक्रमितको घरमै गएर औषधीसहित परामर्श सुरु गरेको हो ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार डा. विपिन बस्नेत, हेल्थ असिस्टेन्ट रन्जन धिताल लगायतले कोरोना संक्रमितको घरमै गएर औषधीसहित परामर्श दिन सुरु गरेको हो ।
पहिलो चरणमा इटहरीको वडा नं. ५ मा रहेका संक्रमितहरुलाई हस्पिटलले परमर्श दिएको श्रेष्ठले बताए । घरमै डाक्टर गएर परामर्श दिदाँ कोरोना जित्न हौसला मिलेको संक्रमितहरुले बताएका थिए ।
राष्ट्रिय युवासंघका इटहरी ५ का संयोजक केशव न्यौपाने र युवा संघका सुनसरी क्षेत्र नं. २ क संयोजक निशान बुढाथोकीले संक्रमितको घरमा पुग्न र औषधोपचारका निम्ति आवश्यक सहयोग गरेका थिए । केही दिनयता वडा ५ मा पनि कोरोना संक्रमित बढेकाले वडा कार्यालयले यसक्षेत्र सिल गरेको छ । त्यसैले सचेतना अभियान समेत सन्चालन गरिएको न्यौपानेले बताए ।
त्यस्तै, हस्पिटलले इटहरीका सबै वडाका सम्पर्कमा आएका र मोरङको सुन्दरहरैँचाका गरि हालसम्म एक सय बढीलाई टेलिमेडिसनद्वारा नि:शुल्क परामर्श गरि औषधी दिदैँ आएको छ । टेलिमेडिसिन सेवामा डा. आदर्श झा ले समन्वय गरिरहेको हस्पिटलले जनाएको छ ।












Discussion about this post