Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी उपमहानगरपालिकाले वितरण गरेको राहतमा एमालेको चिठ्ठी

राहतमा व्यापक राजनीतिकरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
1.5k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले वितरण गरेको राहतमा व्यापक राजनीतिकरण भएको पाइएको छ ।

उपमहानगरपालिकाले मंगलबार इटहरी ३ स्थित सुनौलो टोलमा एक सय १२ घर परिवारलाई राहतस्वरुप चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको थियो । तर, उपमहानगरपालिकाले वितरण गरेको राहत भनिएपनि चामलको बोराभित्र नेकपा एमालेको चिठ्ठी भेटिएपछि हंगामा भएको छ ।

इटहरी वडा नं. ३ का वडाध्यक्ष बालकृष्ट विष्टका अनुसार उपमहानगरपालिकाले वितरण गरेको राहतमा व्यापक राजनीतिकरण भएको हो । उनले भने, ‘राहत वितरणका लागि बोलाइएकाले म पनि सहभागी भएको थियो, उपमहानगरपालिकाले वितरण गर्ने भनेको राहतमा एमालेको चिठ्ठी भेट्टायौँ ।’ उनका अनसार चिठ्ठी भेटिएपनि विवाद समेत भएको थियो ।

चिठ्ठीमा भनिएको छ – ‘कोभिड १९ को दोस्रो लहरको संक्रमणबाट त्यस टोलबासीहरु पनि संक्रमित भएको खबर सुन्दा हाम्रो पार्टी नेकपा एमाले इटहरी उपमहानगर कमिटि अत्यन्तै दःखी छ ।’ एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षरमा जारी चिठ्ठीमा पहिलो चरणको राहत स्वीकार गर्नका लागि भन्दै सम्बोधन गरिएको छ ।

यो पनि – सुनसरीमा आफूखुशी राहतका नाममा रकम, जिन्सी संकलन गर्न नपाइने (निर्णयसहित)

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने एमालेले उपमहानगरपालिकालाई उपलब्ध गराएको राहत सामग्री सुनौलो टोलमा वितरण गरिएको प्रतिक्रिया दिईन् ।

नगरपालिकालाई राहत दिइसकेपछि नगरपालिकाको हुन्छ कि पार्टीको भन्ने प्रश्नमा गौतमले टाकुरासँग भनिन्, ‘नगरपालिकालाई दिइसकेपछि नगरपालिकाको नै हुन्छ, हामीले नगरपालिकाकै ट्याक्टरमा लगेर पनि वितरण गर्यौँ, पार्टीको चिठ्ठी रहेको थाहै भएन ।’ गौतमले नगरपालिकाले वितरण गरेको राहतमा पार्टीको चिठ्ठी हुन नहुने स्वीकार गरिन् ।

उपमहानगरपालिकाले वितरण गरेको राहतमा नेकपा एमालेको चिठ्ठी ।

दुई दिन अघि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सबै स्थानीय तहमा एकद्धार प्रणालीले राहत वितरण गर्ने र अन्य मानिस वा संस्थालाई राहतको नाममा कुनै रकम र जिन्सी सामाग्री नलिन निर्णय गरेको थियो ।

‘एकद्धार भनेकै कारण हामीले घरमै गएर राहत सामाग्री दिएका हौँ, त्यो पत्र हालेको मलाई पनि थाहा भएन,’ गौतमले आफू पन्छिने काम गर्दै अगाडि भनिन्, ’मेयर साबलाई सोधेर एमालेका साथीहरुले प्याक गरेका रहेछन्, तर एकद्धार प्रणाली भएपछि हामीले बाँडेका थियौँ ।’

अहिले इटहरीकी उपमेयर गौतमले एकलौटी हिसाबमा काम गर्दै आएको गुनासो छ । इटहरी कांग्रेसका नगरसभापति हेमकर्ण पौडेलले भने यसबेला जनता बचाउने अभियानमा सबै एक हुनुपर्ने भएपनि राजनीतिकरण गर्नु अत्यन्त निन्दनीय रहेको बताए ।

उपमहानगरपालिकाले वितरण गरेको राहतमा नेकपा एमालेको चिठ्ठी ।
Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#लक्ष्मी गौतमटाकुरा विशेषराजनीतिराहत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.