नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली मंगलबार इराक पुगेको हो ।
कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।














Discussion about this post