Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको सिमावर्ती नाका हुँदै नेपालबाट भारततिर पेट्रोलीयम पदार्थको तस्करी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०७८
in समाचार
0
मोरङको सिमावर्ती नाका हुँदै नेपालबाट भारततिर पेट्रोलीयम पदार्थको तस्करी
183
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरस महामारीको रुपमा फैलिइरहेका बेला मोरङको सिमावर्ती नाका हुँदै नेपालबाट भारततिर इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी भइरहेको पाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर लैजाँदै गरेको अवस्थामा मोरङको रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा इन्धन नियन्त्रणमा लिएपछि तस्करी हुने गरेको पुष्टि भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टर ९प्रहरी निरीक्षक०को नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान पाँच हजार आठ सय लिटरजति इन्धन नियन्त्रणमा लिएको छ ।

ट्रकमा राखेर नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २४ ड्रम इन्धन रतुवामाई नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । उनका अनुसार ट्रकसहित तस्करीको २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरिएको हो ।

एउटा ड्रमभित्र लगभग दुई सय ५० लिटर डिजेल छ । २३ वटा ड्रममा डिजेल मात्रै पाँच हजार सात सय लिटरजति रहेको जानकारी पौडेलले दिए । एउटा मात्रै ड्रममा बरामद भएको पेट्रोल भने एक सय लिटरजति रहेको उनको भनाइ छ ।

सशस्त्रको टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको मे १ ख १५०९ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ इन्धन तस्करी गर्नेहरु ट्रक छाडेर फरार भएका थिए । चालकसहित अरु व्यक्तिहरु भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा तस्करीको इन्धन बरामद भएको जानकारी राईले दिए ।

‘कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आवतजावत नै बन्द गरेर दुई देशीय सीमा नाका सिल गरिएको अवस्थामा ट्रकमै राखेर नेपालबाट भारततर्फ इन्धनको तस्करी भइरहेको पुष्टि यस घटनाबाट हुन्छ,’ एसपी पौडेलले भने, ‘सुरक्षाकर्मी कोरोना नियन्त्रणतर्फ केन्द्रित हुँदा अवैध धन्दामा संलग्नहरुले मौका छोपेको हुनसक्छ ।’ उनले तस्करी लगायतका अवैध धन्दा नियन्त्रणमा लिन नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गर्दै उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

पौडेलका अनुुसार नेपाल–भारत सीमानजिकबाट ट्रकसहित तस्करीको इन्धन बरामद भए पनि त्यसको बिलविजक फेला परेको छैन । कोही पनि आफ्नो दाबी गर्दै नआएका कारण इन्धनलाई आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए ।

डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य नेपालभन्दा भारतमा महँगो पर्ने भएकाले नेपालबाट भारततिर तस्करी हुने गरेको छ । तर विगतदेखि नै हुने गरेको तस्करी कोरोना महामारीका समयमा पनि हुने गरेको हो । मूल्य बढी पर्ने भएकाले नेपालबाट तस्करको गिरोहले सुरक्षाकर्मीलाई छलेर लुकाईछिपाई इन्धन तस्करी गरी भारत पु¥याउँदै बिक्री गर्ने गरेको विभिन्न घटनाबाट पुष्टि हुन्छ ।

प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर एक सय चार रुपैयाँ पाँच पैसा, पेट्रोलको एक सय २१ रुपैयाँ पाँच पैसा कायम गरिएको छ । नेपालमाभन्दा भारतमा डिजेल प्रति लिटर ३९ रुपैयाँ २८ पैसा र पेट्रोल ३२ रुपैयाँ ६६ पैसा महँगोे रहेको नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रवक्ता दिवश विष्टले बताए ।

विशेष गरेर सीमावर्ती क्षेत्रमा सञ्चालित पम्पहरुबाट पेट्रोलीयम पदार्थको भारततिर तस्करी भइरहेको पाइन्छ । ति पम्पहरुमा नियमित अनुगमन र नियमन गर्ने काम भइरहेको दाबी निगमको छ । तर पनि भारतमा धेरै मूल्यपर्ने भएकाले इन्धनको तस्करी रोकिएको छैन । आयल निगम स्रोतले दिएको जानकारी अनुसार तस्करी रोक्नका लागि निगमले बनाएको नीति नै गलत छ ।

‘तस्करी रोक्न सीमाका पम्पहरुमा नियमित अनुगमन गर्नुपर्ने नीति निगमको छ,’ स्रोतले भन्यो, ‘तर पम्पहरुले मागेजति पेट्रोलीयम पदार्थ उपलब्ध गराउनैपर्ने बाध्यता पनि छ ।’ पम्पबाट भएको माग बमोजिम इन्धन आपूर्ति नगर्दा उपभोक्ताले नपाउने र माग भएजति दिँदा तस्करी हुने समस्या रहेको स्रोतको भनाइ छ ।

तस्करी रोक्नका लागि सीमा क्षेत्रका पम्पबाट हुने अत्याधिक मागको कोटा घटाउनुपर्ने र इन्धन बिक्रीमा निगरानी बढाउन प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।

कोसी अनलाइनबाट साभार ।

Tags: #तस्करी#मोरङसिमावर्ती नाका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.