धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभर बुधबार मध्यरातिदेखि आगामी असार ३ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।
जेठ २५ देखिको अवधि सकिएपछि पुनः बुधबार मध्यरातदेखि ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।
निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला हुनेबाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द रहने छ ।



















Discussion about this post