मोरङ : मोरङमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप साता दिनको लागि निषेधाज्ञा बढाइएको हो ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी सूचनामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक विक्रीवितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरू बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।














Discussion about this post