धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ११ का ६६ वर्षीय संक्रमित वृद्ध रहेका छन् । त्यस्तै, मोरङको सुन्दरहरैँचा १० का ९९ वर्षीया वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार धरानका वृद्धको आज बिहान ४ बजेर २० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी पनि रहेका उनलाई असार ३ गते संक्रमण पुष्टि भएको थियो सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, दीर्घरोगी रहेका मोरङ सुन्दरहरैँचाका वृद्धको पनि आज बिहान ६ बजेर २० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई असार १ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।














Discussion about this post