इटहरी : इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा कोरोना भइरस संक्रमणबाट थप एक एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
सुनसरी मधेली घर भई हाल यहाँ कोठाभाडामा बस्दै आएका ६० वर्षीय पुरुषको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको वडाध्यक्ष हेमानन्द दाहालले पुष्टि गरे ।
उनका अनुसार दुई दिन अघि मात्र कोरोना पोजेटिभ देखिएकोमा होम आइसोलेसनमै बस्ने क्रममा उनको मृत्यु भएको हो ।
मृतकको बुधबार अबेला मात्रै नेपाली सेनाको टोलीले नियमअनुसार शव व्यवस्थापन गरेको दाहालले जानकारी दिए ।














Discussion about this post