इटहरी : नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। गत जेठमा मात्रै मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको एक महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।
बढेको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।
निगमका अनुसार यसअघि कायम भएको पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा २ रूपैयाँ बढाइएको छ। आन्तरिक हवाईको इन्धनमा पनि २ रूपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।
गत जेठ २२ मा मात्र आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा साबिकको मूल्यमा २ रूपैयाँ बढाएको थियो।














Discussion about this post