तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका १ भुल्केबाट तीनथान भरुवा बन्दुकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीलाई देख्नसाथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले छ ।














Discussion about this post