उदयपुर : उदयपुरमा एक केजी लागूऔषध गाँजासहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने १८ वर्षीया सुजता मग्राती रहेकी छन् ।
उनलाई बेलका नगरपालिका ८ कोठुस्थित अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जेब्रा झोलाभित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेकी मग्रातीमाथि आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको प्रहरीले जनाएको छ ।












Discussion about this post