इटहरी : प्रदेश १ मा थप ४७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४ जना छन् ।
यस्तै, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१ जना छन् ।
उता, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रीवास, शहिदभूमी र स्थानीय तह नखुलका १–१, तेह्रथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ७ हजार १६१ रहेको छ ।














Discussion about this post