इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,२९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,४५१ रहेको छ । यही अवधिमा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post