इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यही अवधिमा ५८० जना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जना छन् ।
मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१, झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ ।














Discussion about this post