इलाम : इलामको माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको छ ।
माई नगरपालिका ४ मा विद्युतको लाइनबाट तार जोडेर गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलामबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।



















Discussion about this post