इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधिमा थप ६३९ जना निको भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४४, दमक र मेचीनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बा¥हदशीमा ३–३, कमलगाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जना रहेका छन् ।
यस्तै, सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१ जना छन्।
यस्तै, मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १ जना छन् ।
उता, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको छ ।














Discussion about this post