नेपालमा गएको २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने, १ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार कोरोना थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post