धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद्को ४८औँ सभा सम्पन्न भएको छ । सभाले प्रस्तुत गरिएका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
प्रतिष्ठानकी सहकुलपति एवं स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अध्यक्षतामा कात्तिक १७ गते मंगलबार काठमाडौंमा सभा सम्पन्न भएको हो ।
सभामा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीले समग्र प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएकी थिइन् ।
त्यसैगरी, शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाले शैक्षिक तथा अनुसन्धानात्मक गतिविधि, रजिस्ट्रार धरणीधर बरालले आर्थिक तथा प्रशासनिक अवस्था र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले अस्पताल सेवासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पदाधिकारीहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफलपछि सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
सभाध्यक्षसमेत रहेकी मन्त्री मेहताले प्रतिष्ठानको सर्वांगीण विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उनले प्रतिष्ठानको विकासका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।















Discussion about this post