प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ । यसैगरि, ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
झापाको विर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बाह्रदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post