इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधिमा ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये सुनसरीको धरानमा ५५, बराहक्षेत्रमा २४, इटहरीमा ३, दुहवीमा १ र स्थानीय तह नखुलेका ९ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २२, पथरीशनिश्चरेमा ७, केराबारी, बेलबारी, उर्लाबारी, कटहरी र सुन्दरहरैँचामा १–१, झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, दमकमा ४ जना छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा र पाख्रिवासमा २–२, छथर र चौवीसेमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको चौदण्डीगढी र तेह्रथुमको लालीगुराँसमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post