इटहरी : इटहरीमा ४९ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधिमा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २४, बिर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५–५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १–१, तेह्रथुमको मेन्छेयायेममा २, म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post