इटहरी : इटहरीमा ६२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा–नरसिंह र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बाह्रदशी र कचनकवलमा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१ जना छन् ।
उता, धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ ।














Discussion about this post