Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

देशभर कोरोना संक्रमणदर स्थिर, फेरि निषेधाज्ञा होला त ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ९, २०७८
in समाचार
0
आजबाट झापामा पूर्ण निषेधाज्ञा
146
SHARES
Share on FacebookShare on Twitter

देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ ।

अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ ।

‘निषेधाज्ञा गरेर वा लम्ब्याएर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप-यो । मुख्य कुरा त जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नै हो ।’
– डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो भएको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्रयाइँ भएकाले संक्रमणदर जति घट्नुपर्ने हो त्यति नघटेको बताए । उनले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिने हो भने स्थिति भयावह हुन सक्ने संकेत पनि गरे ।

जनस्वास्थ्यविज्ञ डा. महेश मास्केले पनि जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुनुपर्नेमा जोड दिए । रोकथामका उपाय मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेजस्ता कामलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।

यसो भनिरहँदा उनले संक्रमण रोकथामका लागि बन्दाबन्दी स्थायी समाधानको उपाय नभएको पनि बताए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण अझै बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नै संक्रमण रोकथामको उत्तम विकल्प रहेको बताए । उनले भने, ‘संक्रमणदर विश्लेषण गर्न छुट्टै टिम खडा गरिनुपर्छ । निषेधाज्ञा गरेर वा लम्ब्याएर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप¥यो ।’

डा. पुनले समुदायमा भित्रभित्रै संक्रमणदर फैलिने खतरा बढेको भन्दै कोरोनाविरुद्धको खोप अभियानलाई व्यवस्थित गरिनुपर्ने बताए । उनले सरकारले संक्रमण रोकथामका लागि कार्ययोजना ल्याउनुपर्ने र त्यसको पूर्ण पालना हुनुपर्ने बताए ।

प्रशान्त वलीले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: निषेधाज्ञापत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक
विविध

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

by रासस
कार्तिक २, २०८३
0

भोजपुर : बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.