इटहरी डेक्स : इटहरीमा १२ वर्षीय नाबालकलाई पहिला देखि नै पटक पटक कुटपिट गरी शारीरिक तथा मानसिक रुपमा यातना दिएको आरोपमा एक सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी वडा न १९ की २५ वर्षीया महिलाले १२ वर्षको आफ्नो सौतेनी नाबालक छोरालाई लामो समयदेखि कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ ।
उनले बालबालिका विरुद्धको हिंसा गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयबाट सुनसरीबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रकाउ परेका विरुद्ध सुनसरी जिल्ला अदालत इनरुवाबाट बालबालिका विरुद्ध हिंसा कसुरमा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post