इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १,१८० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कन्काईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बाह्रदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २–२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १–१, रहेका छन् ।
यसैगरि सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १–१, मा १२, उदयपुरको त्रियुगा र उदयपुरगढीमा २–२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १–१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।














Discussion about this post