नेपालमा पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । भने ३३ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post