इटहरी : प्रदेश १ मा गएको २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको धरानमा ८३ जना, इटहरीमा १३ जना, बराहक्षेत्रमा २ जना, रामधुनी र इनरुवामा १–१ जना र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ । यस्तै, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जनामा पनि संक्रमण देखिएको छ ।
यसैगरि, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२ जना, बाह्रदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post