इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१२५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १,९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
यो सँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै, संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।
यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।














Discussion about this post