इटहरी (डेस्क) : प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् ।
परीक्षामा सहभागी भएका एक नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, सोही स्थानका १९ वर्षीय सागर राई र २२ वर्षीय सङ्गम राई रहेका छन् ।
यस्तै, धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, सोही स्थानका २७ वर्षीय राजकुमार राई र धनकुटाको शहिदभूमि गाउँपालिका ३ का २१ वर्षीय खपाङ राईलाई प्रहरीले पक्राउ गरी सार्वजनकि गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराइदिन्छु भनेर सङ्गम राईबाट नगद एक लाख १८ हजार लिएका थिए । यस्तै, सागर राईबाट नगद एक लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएका थिए ।
उनीहरूसहित ६ जनाको संलग्नता रहेको पाइएपछि प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरेर आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको हो ।
पक्राउ परेका ६ जनामाथि नै जिल्ला अदालत मोरङबाट म्याद थप गरी अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post