इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले एक सेवाग्राहीलाई कार्यक्षमै थुनेका छन् ।
इटहरी ४ आइतबारे यामप्रसाद ढकाललाई कार्यकक्षमै बोलाएर थुनेका छन् ।
घर नक्सा पास नभएको र ऎलानी जग्गा मिचेर घर बनाएको भन्दै बुधबार नगर प्रहरी पठाएर उपमहानगरमा ल्याइ थुनेका हुन् ।
‘सातदिनभित्र घर भत्काउने कि थुनिदिउँ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर प्रश्न गरेको हुँ,’ पीडित ढकालले भने, ‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्धारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’
मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो ।
साँझ ५ बजे नेपाली कांग्रेस इटहरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय इटहरीले उद्धार गरी उनलाई परिवारको जिम्मा लगाएको छ ।












Discussion about this post