इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये झापाको दमकमा ६७, बिर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बाह्रदशीमा १५, कन्काईमा १४, मेचीनगरमा १३, शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४ जना छन् ।
यता, सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, वराहक्षेत्र, दुहबी र गढीमा १–१ र स्थानीय तह नखुलेका २ छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रिबासमा १, इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा ५ र लालीगुराँसमा १, उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, सङ्खुवासभामा १, खोटाङमा १, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।














Discussion about this post