इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९६९ जनामा कोरोना भाइरस संक्रमणको भएको छ । ती मध्ये इटहरीमा मात्रै ५७ जना छन् ।
थपिएका संक्रमितमध्ये झापाको दमकमा ५७, बिर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, मांसेबुङमा २, सुर्योदय र रोङमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।














Discussion about this post