इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३,९१५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । यस्तै, यही अवधिमा २ हजार ११८ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ भने ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका छन् ।














Discussion about this post