इटहरी : सुनसरीमा साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । शुक्रबार थप तीनदिन निषेधाज्ञा थपेर साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातिदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप तीनदिनका लागि निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित थपिदैँ गएकाले अब कडा निषेधाज्ञा गर्नुपर्ने भएकोले अहिलेलाई तीनदिन मात्रै थपिएको हो ।















Discussion about this post