नेपालमा पछिल्लो २४ घण्टामा थप २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ ।














Discussion about this post