इटहरी : प्रदेश १ मा गएको २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ३८, दमकमा २७, कन्काईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बाह्रदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१ जना छन् । मोरङको सुन्दरहरैचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, बुढीगंगा र लेटाङमा १–१ जना छन् ।
यसैगरि सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह , दुहवी र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको सुर्योदय र चुलाचुलीमा २–२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १–१ जना छन् ।
यस्तै, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र छथर जोरपाटीमा १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।भने १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।














Discussion about this post