मोरङ : मोरङमा १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले भदौ १ गतेबाट १० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा अवधिमा बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बजार पसल सञ्चालन गर्न पाइने उल्लेख छ ।
विद्यालय, ट्युसन सेन्टर, गुद्री बजार, हाटबजार सब्जीमन्डी पार्टी प्यालेस, स्विमिङ पुल, सिनेमा हल बन्द रहनेछन् ।
कुनै पनि स्थानमा भेला जुलुस, सम्मेलन गोष्टी तथा सेमिनार बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।
Discussion about this post